खबर पूर्वाञ्चल
अर्थमन्त्री विष्णु पौडेलले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–७९ को बजेटमा आगामी आर्थिक वर्षका लागि सरकारले वृद्धभत्ता १ हजार वृद्धि गरि ४ हजार रुपैयाँ पुर्याएको हो । समाजिक सुरक्षा भत्ताका लागि एक खर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६–७७ को बजेटले वृद्धभत्ता ३ हजार र्पुयाएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।
तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले शुरु गरेको वृद्धभत्तालाई एमालेले त्यसयता निरन्तर आफ्नो भोट राजनीतिका रुपमा उपयोग गरिरहेको थियो । एमाले र माओवादी केन्द्रबीचको एकतापछि जारी भएको चुनावी घोषणा पत्रमा वृद्धभत्ता ५ हजार पु¥याउने उल्लेख थियो । सोही अनुसार सरकारले वृद्धभत्ता बढाएको हो ।