खबर पूर्वाञ्चल
चौथो सेमेष्टरमा सम्पूर्ण विद्यार्थी ३.५ भन्दा माथी जिपिए ल्याएर सत प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् भने दोश्रो सेमेष्टरमा ३.९५ जिपिए ल्याएर प्रक्षा पौडेलले बोर्डमा चौथो स्थान हाँसिल गरेकी छिन् । पौडेल प्रदेश १ मा प्रदेश प्रथम हुन सफल भएकी छिन् ।
कलेजले आज एक कार्यक्रम गरि सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । “ एम्स कलेजमा विद्यार्थी अब्बल त छन् नै, सिप आर्जनका हिसाबले पनि अग्रणी स्थान ओगटेको क्याम्पस प्रमुख सिएम बस्नेतले बताए । विद्यार्थीहरुको सार्वङ्गीण विकासका लागी कलेजले सबै थोकको व्यवस्था गरेकोछ उनले भने ।”विश्व बजारमा खपत हुने मानव श्रोतको विकाश गर्ने प्रमुख बस्नेतले बताए ।
बिएचएम अध्ययनार्थ नयाँ भर्नाको प्रकृया पनि लगभग सकिएको बताउदै बस्नेतले भने, “रियल सिकाईका लागी एम्सको कुने विकल्प छैन ।
कार्यक्रममा बोल्दै प्रेक्षाले कलेजले दिएको ज्ञान र सिप सदैव जीवनपयोगी हुने कुरा गर्दै कलेज प्रती कृतज्ञ व्यक्त गरिन् । यस अघि पनि एम्सकै विद्यार्थीले प्रदेश प्रथम हासिल गरेका थिए ।
एम्समा त्रिविविबाट सम्बन्धन प्राप्त बिबिएस., बिएचएम र बिएससि सिएस आईटि कार्यक्रमहरु सञ्चालनमा छन् ।