उर्लाबारी काँग्रेसको निर्वाचनमा हस्ती मानिएका नेता क्षेत्रिय प्रतिनिधीमै हारे

खबर पूर्वाञ्चल, ८ आश्विन २०७८, शुक्रबार १७:३५

विराटनगर/ नेपाली कांग्रेस उर्लाबारीको वडा अधिवेशनबाट उर्लाबारीमा नेपाली काग्रेसका हस्ती मानिएका नेताहरु क्षेत्रिय प्रतिनिधिमै पराजित बनेका छन् ।

बुधवार सम्पन्न नेपाली काग्रेसको १४ औ महाधिवेसनमा क्षेत्रिय प्रतिनिधिमा उम्मेद्वारी दिएका उर्लाबारीका नेपाली काग्रेसका नेताहरु नेविसघ पूर्व केन्द्रीय सदस्य भीम थापा, नेविसघ पूर्व जिल्ला अध्यक्ष मुक्ति प्रकाश न्यौपाने, प्रदेश सभा सभापति प्रकाश थापा र मोरङ जिल्ला प्रचार विभाग सदस्य तथा वडा नम्वर ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली पराजित भएका हुन् ।

उर्लाबारी नगर सभापतिमा उम्मेद्वारीको घोषणा गरिसकेका उर्लाबारी वडा नं. ८ का मुक्तिप्रकाश न्यौपाने वडाबाटै पराजित बनेका छन् । उनको नगरसभापतिको उम्मेद्वार बन्ने यात्रामा पूणर्विराम लागेको छ । क्षेत्रीय प्रतिनिधिमा न्यौपाने पराजित भएसँगै उनी अब सभापतिको उम्मेद्वार बन्न पाउने छैनन् । उनी नेपाल विद्यार्थी संघको मोरङ सभापतिसमेत भइसकेका छन् ।

त्यस्तै नेविसघ पूर्व केन्द्रीय सदस्य भीम थापा पनि पनि वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित बन्न पुगेका छन् । उनी उर्लाबारी वडा नं. २ बाट क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए । त्यस्तै, मोरङ क्षेत्र नं. १ (क) का सभापति प्रकाश थापा पनि क्षेत्रीय प्रतिनिधिमा वडा बाटै पराजित बन्न पुगेका छन् । उर्लाबारी वडा नं. ३ बाट उनी क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५