RUMPUM
animated ellipse animated ellipse

मुलुकको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग अपरिहार्य संस्था हो –मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०८०, मंगलवार १८:४८
153
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुलुकको लागि अपरिहार्य संस्था भएको बताएका छन् ।

आयोगको इटहरी प्रदेश कार्यालयद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले आयोग हामी सबैको खवरदारी गर्ने सम्मानित संस्था भएकोले समय सान्दर्भिक रुपमा यसलाई परिकृत गर्दै लग्नु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले आयोग एउटा कानून समेत भएकोले जनप्रतिनिधिले पाएको अधिकार दुरुपयोग नहोस भन्नका लागि यसले काम गर्ने सहज वातावरण बनाउने बताए । उनले अख्तियार सहयोगी संस्था भएको सन्देश पालिकास्तरमा पु¥याउन आयोगले कार्य गर्नु पर्ने सुझाव दिए । मुख्यमन्त्री कार्कीले नागरिकले प्रयोग गर्ने विकास निर्माणका कार्यमा आयोगद्वारा दायर गरिने मुद्दाको समयमै अनुसन्धान गरि फछर्यौट गर्नु पर्ने बताए ।

आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले कर्मचारीहरुले जनताको पैसाबाट सञ्चालन गरिने विकास निर्माण कार्य गुणस्तरीय एवं समयमै प्रतिफल प्राप्त हुनु पर्नेमा जोड दिइनु् । उनले सार्वजनिक खरीद ऐन कानूनको पूर्ण पालना गर्नु पर्ने बताउँदै विकास कार्यको ठेक्का लगाउँदा पूर्व तयारी गर्न आग्रह समेत गरिन् ।

प्रदेशका विभिन्न मन्त्रालयका चालु आर्थिक बर्षको मङ्सीर मसान्तसम्ममा दुई सय ११ उजुरी दर्ता भएको थियो भने ८० वटा फछर्यौट भएको आयोगले जनाएको छ । यस्तै जिल्लागत रुपमा आयोगमा सोही अवधिमा सप्तरी जिल्लामा ३०९ मुद्दा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर