AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशका साँसद भीम पराजुलीले सुरु गरे २८ औं पटकको दण्डप्रणाम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० कार्तिक २०८२, सोमबार ११:१०
216
Shares
विराटनगर / नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले २८ औं पटकको दण्डप्रणाम सुरु गरेका छन् ।

विराटनगर महानगरपालिकाका पूर्व मेयर समेत रहे पराजुलीले आज विराटनगर–३ ठुलो मिलस्थित शिव पाञ्चायन मन्दिरबाट परोपकार घाटसम्म लगातार २८ औँ पटक दण्डप्रणाम गर्दै छठ पुजाको लागि घाट गएका हुन्।

निराहार व्रत बसेका पराजुलीले गरेको दण्ड प्रणाम गर्दै करिब ३ किमी दुरी पार गर्ने छन् ।

दण्डप्रणाम यात्रापछि उनले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घाटमा रातभर जाग्राम बसी भोलि विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने छन् । दण्डप्रणाम यात्रामा भतिज प्रमिश पराजुलीलेसाथ दिएका छन् ।

मनोकांक्षा पूर्ण हुने विश्वासको साथ भाकल गरी छठको व्रत बस्नेहरु दण्ड प्रणाम गर्दै छठ पुजा गर्ने घाटसम्म जाने प्रचलन छ । पछिल्लो समय छठ पुजाको व्यापकता र महिमा बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर