AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ अदालतको नक्कली विज्ञापन देखाएर ठगी गरेको आरोपमा पुनमदेवी साह पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ कार्तिक २०८२, आईतवार १२:४२
243
Shares
विराटनगर / जिल्ला अदालत मोरङमा जागिर लगाइदिने आकर्षक प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा मोरङ प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका अनुसार ठगीमा संलग्न आरोपमा पुनमदेवी साह पक्राउ परेकी हुन् । उनले जिल्ला अदालत मोरङको नाममा नक्कली कागजात र परिचयपत्र प्रयोग गरी सर्वसाधारणलाई झुक्याउने गिरोहको नेतृत्व गरेकी थिइन् । साहविरुद्ध २७ जनाले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए ।

मोरङ प्रहरीले साहसहितको गिरोहलाई पक्राउ गर्न विशेष टोली नै खटाएको थियो घटनालाई उच्च प्राथमिकतामा राखेर विशेष टोली परिचालन गरेका कारण ठगीमा संलग्न साह पक्राउ गर्न सफल भएको मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले बताइन् ।

‘हामीले प्रहरीको विशेष टोली परिचालन गरेका थियौंं । ठगीमा संलग्न गिरोहको मुख्य व्यक्तिलाई पक्राउ गरिसकेका छौं,’ उनले भनिन्, ‘अरु पनि संलग्न हुन सक्ने देखिएको छ । गहन रुपमा अनुसन्धान भइरहेको छ ।’

साहले पीडितलाई एसएमएसमार्फत धम्कीसमेत दिने गरेको पाइएको थियो । ठगीमा संलग्न साहले अदालतमा कार्यालय सहयोगीदेखि नायब सुब्बा पदसम्मका जागिर लगाइदिने भन्दै फरक–फरक शुल्क असुल्दै आएको पाइएको छ । उनले सरकारी कागजपत्रसमेत किर्ते गरेको पाइएको छ । पुनमकुमारी साह नामले ठगी गरे पनि उनको वास्तविक नाम अर्कै हुनसक्ने प्रहरीको भनाइ छ ।

पीडितका भनाइअनुसार कार्यालय सहयोगीको लागि २ हजार ५ सयदेखि नायब सुब्बा पदका लागि ७ हजार ५ सय रुपैयाँसम्म लिइएको थियो । ठगीका क्रममा साहले अदालतको नक्कली परिचयपत्र प्रयोग गरेकी थिइन् । जसमा प्रशासन अधिकृत ‘केदारनाथ पौडेल’को नाम उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर