AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्यास र पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७८, मंगलवार १८:४०
810
Shares
विराटनगर / भारतीय आयल कर्पाेरेसन आईओसीले नेपाल आयल निगमलाई ग्यास र पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै आईओसीले मूल्य बढाएर पठाएको हो । आज पठाएको मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा, मट्टितेलमा १० रुपैयाँ ३० पैसा बढेर आएको छ । हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ ३२ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ९९ रुपैयाँ १७ पैसा बढेर आएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले बताए । उपाध्यायका अनुसार मूल्य समायोजन नहुँदा निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ घाटा देखिन्छ ।

निगमका अनुसार मूल्य समायोजन नहुँदा अहिले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ ८ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा छ । मट्टितेल, हवाई इन्धनमा भने मूल्य बढे पनि नाफामै रहेको निगमले जनाएको छ । रुस र युक्रेनबीचको युद्धका कारण अन्तर्राष्ट्रिय व्यापार नै उथलपुथल भएको छ । त्यसकै प्रत्यक्ष असर कच्चा तेल र ग्यासमा परेकाले नेपालमा असर देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर