खबर पूर्वाञ्चल

रिजालको कार्यसमितिमा प्रेसिडेन्ट एलेक्टमा प्रिया सारडा, उपाध्यक्षमा सरिता शर्मा, सचिवमा जिना थापा र कोषध्यक्षमा दिक्षालगायत २९ जना बोर्ड सदस्य रहेका छन् ।
विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई लक्षित गरेर ‘गुड टच र बैड टच’ को बिषयमा सचेतनामुलक कार्यक्रम समेत संचालन गर्ने उनले बताइन् । यसअघि भएको कार्यक्रममा अध्यक्ष रिजालले आफ्नो कार्यसमितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएकी थिइन् ।
कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष मुन थपलियाले नयाँ कार्यसमितिको सफल कार्यकालको कामना गरिन् । कार्यक्रममा रोटिरियन संजय गिरी ,सन्तोष रिजाल, बासुदेव गोल्यान र नवीन रिजाल लगायतको सहभागिता थियो ।