animated ellipse animated ellipse

विराटनगरमा कारबाट ४३ किलो गाजा बरामद, दुई जना प्रहरी नियन्त्रणमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०८१, सोमबार १७:४२
198
Shares
विराटनगर /विराटनगरबाट भारततर्फ जाँदै गरेको एउटा कारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलो गाँजासहित दुई जनालाई आज नियन्त्रणमा लिएको हो ।

विराटनगरबाट भारततर्फ जाँदै गरेको बा ८ च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा पछाडिको सिटमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको संयुक्त टोलीले आज बिहान ९ बजेतिर कारलाई नियन्त्रणमा लिएर खानतलासी गरेको हो । कारमा लागुऔषध ओसारपसार भइरहेको सूचना प्रहरीलाई आएको थियो ।

कारबाट गाँजा बरामद भएपछि चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार कार र गाँजासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरी निरीक्षक थापा नेतृत्वको टोलीले कानुनी कारबाहीको थप प्रक्रिया अघि बढाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर