खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिका वडा नं. ६ केशलीया नहरमा चेकिङमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ को १३ प ४६६८ नम्बरको मोटरसाईकलमा सवार मानिस मोटरसाईकल छाडी फरार रहेको र उक्त मोटरसाईकलमा रहेको झोला खोली हेर्दा २१ केजी गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । मोटसाईकल सहित गाँजा बरामद गरी थप अनुसन्धान कार्य भई रहेको उनले बताए ।