AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा मेयर कोइरालाको जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ भाद्र २०८०, सोमबार १९:०४
90
Shares
विराटनगर / नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै महानगरका मेयर नागेश कोइरालाले तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड दिए । उनले महिलाहरुको रमाइलोका लागि महानगरले कार्यक्रम आयोजना गरेको बताए । मेयर कोइरालाले महानगरका जनप्रतिनिधि र कर्मचारी एउटै परिवार भएकाले जनताको सेवामा इमान्दारीपूर्वक लाग्नु जरुरी रहेको उल्लेख गरे ।

जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै विराटनगर बनाउन सकिने उनको भनाइ थियो । “हामी जनप्रतिनिधि एक्लैले महानगर बनाउन सकिँदैन,” उनले भने, “हामीले नीति नियम बनाउने हो त्यसको कार्यान्वयन गर्ने र जनतालाई प्रत्यक्ष सेवा दिने त तपाईंहरु हो । त्यसैले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, एकता र समन्वय भए मात्रै जनताले सहज रुपमा सेवा प्राप्त गर्नुका साथै विराटनगरको विकास हुन्छ ।”

त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महानगरले महिला कर्मचारीहरुको अभिभावकत्व ग्रहण गरेर दर खाने कार्यक्रम आयोजना गरेको प्रस्ट पारिन् । उनले वर्ष दिनभरिका सबै पीडालाई भुलेर रमाइलो गर्न आग्रह पनि गरिन् ।

कार्यक्रममा कानुन शाखाकी प्रमुख शारदा थपलिया, सामाजिक शाखाकी प्रमुख अनिता कोइरालालगायतले कार्यक्रमका विषयमा प्रकाश पारे । कार्यक्रममा दर खाएर एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै तीजका विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर