animated ellipse animated ellipse

हरियाली वन वृत्तचित्र पर्दशन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ असार २०७७, बिहीबार २२:०५
3
Shares
पथरी /नेपालकै उत्कृष्ट हरियाली सामुदायिक वन उपभोक्ता समूहको वृत्तचित्र बिहिवार मोरङको पथरीमा भव्य प्रदर्शन गरिएको छ ।

पथरी शनिश्चरे–२ मा अपस्थित हरियाली सामुदायिक वन वि.सं. २०७६ मा नेपालकै उत्कृष्ट घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार प्राप्त गरेका थिए । नेपालको संघीय वन मन्त्रालय अन्तरगत वन विभागले प्रत्येक वर्ष उत्कृष्ट वन घोषणा गर्दछ ।

पथरीको हरियाली वन त्यस अघिपनि राष्ट्र ब्यापी सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । नेपालको प्रथम घोषणा भएपछी मेचीदेखी महाकाली सम्मबाट अध्ययन भ्रमणमा आउने गरेका छन् । देशकै उत्कृष्ट सामुदायिक वन हरियालीको ५० मिनेटको वृत्तचित्र “हरियाली वन“ निर्माण भएको छ ।

वैज्ञानिक वन ब्यबस्थापन, सामाजिक, भौतिक, विकास, गरिबी निबारणको कामहरु, भावी योजना, त्यहाँ पाइने, जंगली जनावर र रुख विरुवा लगायतको बिषय समेटेर वृत्तचित्र निर्माण भएको हो ।

प्रदर्शनपछि सव–डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले वृत्तचित्र छिमेकी सामुदायिक वनका पदाधिकारीहरु, जनप्रतिनिधिहरु समेत बोलाएर देखाउनु पर्ने बताए ।

वन समूका अध्यक्ष काबुलबहादुर मगरले वृत्तचित्र राम्रो बनेको भन्दै निर्माण पक्षको प्रशंसा गरे । वृत्तचित्र पुन प्रदर्शन गरिने बताए । प्रदर्शन कार्यक्रममा समूहका पूर्व अध्यक्षहरु कर्णबहादुर गुरुङ, देबिप्रसाद भेटवाल, रिता गिरी, वर्तमान पदाधिकारी, सल्लाहकार र दुई सय बढी उपभोक्ताहरु सहभागी रहेका थिए ।

वृत्तचित्रको स्कृप्ट लेखन अर्जुन जम्नेली राई, निर्देशन सन्तोष राई, छायांकन करण धिताल, आवाज प्रस्तुति बबिता राई र दृश्य सम्पादन ईस्वर दुलालले गरेका छन् ।

वृत्तचित्रमा जंगली जनावर, विभिन्न प्रजातिका चराहरु, कछुवा, सर्पहरु र वैज्ञानिकको आकर्षक दृश्यहरु समेटिएको समूहको कार्यलय सचिव लिला गुरुङले बताए ।

समूहले हरियालीकै मातहत रहने गरि हरियाली सामुदायिक वन प्रा.लि. गठन गरेर २० करोडको लगानीमा पर्यटन बिकासको लागि पूर्बाधार निर्माण सुरु गरेको छ ।

हरियाली वन, उपभोक्ताहरु, नगरका स्थानीय बासिन्दा, नगरपालिकालाई शेयर रकम संकलन गरेर भौतिक पूर्बाधार निर्माण सुरु गरेको हो । कम्पनीमा पथरी शनिश्चरे नगरपालिकाले चार करोड शेयर लगानी छ ।

मुख्य सडकसँग जोडिएको हरियाली कम्पनीले आकर्षक छहरा, गार्डेन, स्वीमिङ पुल, बोटिङङ तथा पिकनिक स्पट निर्माण गर्दैछ । पर्यटनसंगै कृषि विकासमा जोड दिने अध्यक्ष मगरले बताउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर