खबर पूर्वाञ्चल
सुवेदी गत भदौ ३० गते शनिबारदेखि बेपत्ता भएका हुन् । छैंटौं तहका लेखा अधिकृत सुवेदी बेपत्ता भएको दुई महिना हुनलाग्दा पनि कुनै पत्तो नलागेको भन्दै परिवारले खोजी कार्यमा सहयोग मागेको छ ।
गत भदौ ३० गते बिहान ८ः४७ सम्म आफ्नी श्रीमतीसँग फोनमा कुराकानी गरेका सुवेदीसँग त्यसपछि परिवारको सम्पर्क भएको छैन । सुवेदीका बुबा नेत्रप्रसाद सुवेदीले आज विराटनगर पत्रकार सम्मेलन गरि छोराको खोजी कार्यमा सहयोगको अपिल गरेका हुन् । २०७९ फागुनदेखि उनी सुरुङ्गामा हाँजिर भएका हुन् ।
छोरो ५१ दिनदेखि वेपत्ता भएपछि बुबा नेत्रप्रसाद र दाजु लक्ष्मीले पत्रकार महासंघ मोरङमा सुरक्षा संयन्त्रको सहयोग नपाएको गुनासो गरेका छन् । उनीहरुले प्रहरीले खोजतलासमा चासो नदिएको र नेपाल टेलिकमले आफ्नो कर्मचारी हराउँदा समेत कुनै वास्ता नगरेको बताएका हुन् ।
हराएको दिन बिहान दिलिपले त्यहि कार्यालयका सुरक्षा गार्डसँगै पसलमा आएर चिया पीएको देखिएको छ । त्यसपछि उनीहरु कार्यालयसँगै फर्किएका थिए । कार्यालय फर्किएपछि सुवेदी आफ्नो निवासमा छिरेको भएपनि त्यहिंबाट उनी वेपत्ता भएका थिए । उनी कार्यालय परिसरबाट बाहिर निस्केको नदेखेको गार्डले बताउँदै आएका छन् ।
प्रहरीमा परिवारले खोजतलासका लागि निवेदन दिएका छन् । प्रहरीले खास धेरै चासोका साथ खोजतलास नगरेको बुबा नेत्रप्रसादको गुनासो छ । जिल्ला प्रहरी कार्यालय झापाले केहि चासो दिए छोराको अवस्था पत्ता लाग्न सक्ने परिवारको बुझाई छ ।
उनी वेपत्ता हुँदा आफ्नो फोन साथमा रहेको देखिएको छ । त्यस बाहेक उनी सामान्य कपडामा चप्पल लगाएर वेपत्ता भएका हुन् । परिवारले संभावित क्षेत्रमा अनुसन्धानका लागि प्रहरीसँग आग्रह गर्दै आएको छ । प्रहरीले घरपरिवारसँगको कनेक्सन, बाँकी बाहिरी क्षेत्रको कनेक्सन, कार्यालयका सुरक्षा गार्डसँगको कनेक्सन लगायतका विषयमा कल डिटेल हेरेको बताएपनि नतिजा बारे जानकारी नदिएको उनीहरुले बताएका छन् ।
तपाईको प्रतिक्रिया