animated ellipse animated ellipse

१८ दिने शिशुलाई मृत घोषणा गर्ने डाक्टर यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई अस्पतालमा काम गर्न रोक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ माघ २०७९, बिहीबार १४:२८
738
Shares
विराटनगर / १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई विराटनगरस्थित कोशी अस्पतालमा काम गर्न रोक लगाएको छ ।

अस्पतालले आज छानबिन समिति गठन गरेकोले अनुसन्धान नसकिँदासम्म डा. यादवसहित अहेब लक्ष्मण माझी र टिका अधिकारीलाई काममा रोक लगाएको हो । उनीहरूलाई स्पष्टीकरण पनि सोधिएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए ।

अस्पतालका बाल रोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्य समिति आज नै गठन भई छानबिन सुरु भएको छ । समितिमा अन्य दुई जनामा बाल रोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने गरी छानबिन समिति गठन भएको छ । छानबिन समितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने सूचना अधिकारी नेपालले जानकारी दिए । छानबिनबाट चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही देखिए कारबाही गरिने उनले बताए ।

बुधवार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म डा. यादव र अहेब दोय माझी र अधिकारीको डियुटि रहेको थियो । बुधवार बिहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए । डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार नगरी मृत घोषणा गरेपछि बुधवार दिनभरि अस्पताल तनावग्रस्त बनेको थियो । चिकित्सकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एन आइसियुमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर