खबर पूर्वाञ्चल
तीन जना साथीको हत्या गरेको अभियोगमा प्रहरीले मण्डलसहित अरु दुई जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहीबार मुख्य योजनाकार सिराहा नगरपालिका घर भइ काठमाण्डौं बस्दै आएका ३१ वर्षीय अनिल मण्डलसहित तीन जना आरोपीलाई पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो । यस्तै हत्या आरोपमा संलग्न मोरङ धनपालथान गाउँपालिका ७ घर भएका ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका घर भएका अमित साह भनिने दीनानाथ सोनारलाई प्रहरीले सार्वजनिक गरेको छ ।
‘ जग्गा किनबेच गर्दा आउने कमिसन’ एक्लै हत्याउन अनिलले भाडाका पेसेवर अपराधी झिकाएर फिल्मी शैलीमा तीन जना साझेदार साथीको हत्या गरेको खुलेको छ । ललितपुरको क्यान्सर अस्पताल नजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाए वापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिसन’ एक्लै हत्याउन मण्डलले फरक फरक मितीमा तीन जना साझेदार साथीको हत्या गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको हो ।
मण्डलले आधा दर्जन भाडाका पेसेवर अपराधि झिकाएर एउटै शैलीमा तेह्रथमु संक्रान्ति २ घर भई काठमाण्डौ बस्दै आएका ६३ वर्षिय मोहन लिम्बु, सुनसरीको धरान घर भई भक्तपर बस्दै आएका ४८ वर्षिय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भई काठमाण्डौं बस्दै आएका ३२ वर्षिय शम्भुकुमार चौधरीको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । तीन जनाको हत्यामा आधा दर्जन बढीको संलग्न भएपनि मुख्य योजनाकार मण्डलसहित मोरङ प्रहरीले बिहीबार तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हत्या आरोपमा पक्राउ परेका मण्डलसहित मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षिय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षिय नासिर आलमलाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । घटनामा संलग्न अन्य फरार रहेकोले उनीहरुको पनि खोजी कार्य तिव्र बनाएर पक्राउ गरिने एसपी जिसीले जानकारी दिए ।
लिम्बुको हत्या गरेपछि राजेन्द्र र शम्भको यसरी भयो हत्या
मण्डलसहितको अपराधिक समूहले सबैभन्दा सुरुमा लिम्बुको हत्या गरेका थिए । २८ मंसिरमा दिउँसो मण्डलसहितको समूहले भाडामा लिएको ललितपुरको गोदावारी नगरपालिका १२ ठेचो चारङ्गखेल स्थित गोदाम घरमा डोरीले घाँटीमा बाधेर लिम्बुको हत्या गरेको एसपी जिसीले जानकारी दिए । लिम्बुको हत्या गरेपछि भाडामा लिएको घरको कम्पाउण्ड एरियामा सात फिट गहिरो खाडल खनेर शव गाडेका थिए । मण्डलले लिम्बुको हत्या गरेपछि राजेन्द्र र शम्भुलाई लिएर २९ मंसिरमा विराटनगरमा आएका थिए । उनीहरु कार रिजर्भ गरेर विराटनगर बसपार्कस्थित मेट्रासिटी गेस्ट हाउसमा बसेको खुलेको छ । होटलमा बसेका मण्डलले ५ पुसमा राजेन्द्रलाई अटो रिजर्भ गरेर आफन्तको जाम भनेर रंगेली रोड हुदै धनपालथान तिर साँझतिर विराटनगरबाट हिडेका थिए ।
धनपालथान ७ कमलपुर जाने नहर जुन उखुबारीमा खाडल खनेर गाडेको ठाउँदेखि करिब एक सय मिटर उत्तरमा राजेन्द्रको घाँटीमा डोरीले बाँधेर हत्या गरेको अनुुसन्धाबाट खुलेको एसपी जिसीले बताए । राजेन्द्रको हत्या गरेपछि पुनः मण्डल सोही होटल गएका थिए । ‘खै त राजेन्द्र ? भनेर शम्भूले सोधेपछि मण्डलले विराटनगरमा रहेको बहिनीको घरतिर गयो भनेका थिए । राजेन्द्रको हत्या गरेको दुई दिनपछि ७ पुसमा शम्भूलाई पनि आफन्तको तिर जाम भन्दै मण्डलले धनपालथान तिर लिएर जान्छन् । बोडिङटोलको उखुबारीदेखि १ सय मिटर उत्तर नहर छेउमा शम्भुलाई पनि राजेन्द्रलाई जसरी हत्या गरेपछि उखुबारीमा ७ फुट गहिरो खाडल खनेर शव व्यवस्थापन गरेर फर्किन्छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘राजेन्द्र र शम्भूलाई मण्डलसहितको समूहले राती ७ देखि ८ बजेको बिचमा हत्या गरेको देखिएको छ ।’ उखु काटन गएका कृषकले बारीमा खाडल खनेको आलो माटो देखपछि प्रहरीलाई बखर गरेका थिए । प्रहरीले शम्भूको १२ माघमा र राजेन्द्रकोे १३ माघमा उखुबारीमा गाडेको अवस्थमा शव बरामद गरेको थियो । हत्या गरेको स्थान बस्तीदेखि एकान्त र सुनसान ठाउँ भएकोलेले अपराधिले उक्त स्थान रोजेको थिए ।
राजेन्द्र र शम्भूको हत्या गरेपछि मण्डल १० पुसमा विराटनगर एयर्रपोटबाट हवाइ मार्ग हुदै काठमाण्डौं गएका थिए ।