AArya
RUMPUM
animated ellipse animated ellipse

विदेशबाट फर्किएर ड्र्यागन फ्रुट खेतीमा रमाएका रमेश गुरागाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ श्रावण २०८२, बिहीबार १८:४७
63
Shares
शोभा घिमिरे
वर्षौँ विदेशमा श्रम गरेर फर्किएका रमेश गुरागाई अहिले मोरङको कटहरी गाउँपालिका–७, थलाहामा ड्र्यागन फ्रुट खेतीमा सक्रिय छन्।

धनकुटा जिल्लाको भिर गाउँमा जन्मिएका रमेश अहिले सुन्दरहरैचा–९ मा बसोबास गर्छन्। ४८ वर्षीय गुरागाईले १० कट्ठा जमिनमा सुरु गरेको ड्र्यागन फ्रुट खेती अहिले क्षेत्रमै उदाहरणीय बन्दै गएको छ।

कतारमा १० वर्ष काम गरेका गुरागाईले विदेशबाट फर्किएपछि कृषि मार्फत स्वदेशमै आत्मनिर्भर बन्ने निर्णय गरेका थिए।

परम्परागत खेतीको सट्टा उच्च मूल्य र स्वास्थ्यमा पनि लाभदायक हुने बालीको खोजीमा उनी ड्र्यागन फ्रुटतर्फ आकर्षित भए।

ूयो फल यहाँ फल्दैन, के गरेको भन्दै धेरैले अविश्वास गरे,ू गुरागाई भन्छन्, ूतर मलार्इ विश्वास थियो – माटो, मौसम र मिहिनेत गर्यो भने सम्भव छ। अहिले त फल्ने मात्र होइन, आम्दानी पनि राम्रै दिइरहेको छ।

जैविक मलमा विशेष ध्यान दिएका उनले आफ्नो बगैचालाई व्यवस्थित ढंगले सञ्चालन गरेका छन्।

स्थानिय प्रेरणाका स्रोत : रमेश गुरागाई

गुरागाईको सफलतापछि आसपासका अन्य कृषकहरू पनि वैकल्पिक र व्यावसायिक खेतीमा चासो देखाउन थालेका छन्। स्थानिय कृषि प्राविधिकहरूका अनुसार ड्र्यागन फ्रुटजस्ता बालीहरूको व्यावसायिक सम्भावना देशमै अत्यधिक रहेको छ, र गुरागाईको उदाहरणले त्यस सम्भावनालाई मूर्त रूप दिएको छ।

ूदेशमै केही गर्न सकिन्छ भन्ने सोच लिएर आएको थिएँ, उनी भन्छन् आज म सन्तुष्ट छु – न त विदेशी तलबको लोभ छ, न त परदेशको पीडा। विदेशमा कमाएकोभन्दा बढी सन्तुष्टि आफ्नै माटोमा पाइन्छ,ू गुरागाईको भनार्इ छ।

मेरो उद्देश्य यो खेतीलाई विस्तार गर्ने मात्र होइन, अरू युवालाई पनि सिकाउने हो उनी थप्छन्। सम्भावना भनेको ठाउँ हेरेर होइन, सोच र मिहिनेतले तय हुने कुरा हो। धनकुटामा जन्मिएका एक युवाले थलाहामा हरियाली मात्र होइन, आशा र प्रेरणाको नयाँ बीउ रोपेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर