खबर पूर्वाञ्चल
बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ वर्षीया श्रीमती गीता लिम्बुको मंगलबार राती १ बजेर ४५ मिनेटमा हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । घरयासी विवादका कारण बमबहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक चराणको अनुसन्धानबाट खुलेको उनले बताए ।
श्रीमतीको हत्या गरेपछि श्रीमान बमहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेको उनले बताए । उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटल श्रीमान बमबहादुरकोे पनि मृत्यु भएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गर्दै आएको छ ।
गीताको शव अहिलेसम्म घटनास्थलमै छभने श्रीमानको शव कोशी अस्पतालमा रहेको छ । बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए । उनीहरुका ८ वर्षीय छोरा छन्। उनी भने भागेर बाचेका छन् ।