पूर्वाञ्चल खबर
मुख्यमन्त्रीबाट शनिबार पदमुक्त गरिएका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव तयार गरेको हो ।
प्रचण्ड–नेपाल समूहले प्रदेश १ को राजधानी विराटनगर भन्दा बाहिर रहेका आफ्ना समुहमा रहेका सांसदहरुलाई विराटनगरमा बोलाएको छ । प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्तावका लागि केहीदिन अघिबाट हस्ताक्षर अभियान सुरु भएको थियो । आङ्बोले आज प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री राई नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने जानकारी दिए । प्रचण्ड–नेपाल समूहका प्रदेश सांसदहरुले तयारी लगभग पुरा भएको जनाएका छन् ।
आज प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भए ओली समूहका मुख्यमन्त्री राई नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । प्रदेश १ को प्रदेशसभामा बहुमतका लागि प्रचण्ड–नेपाल समूहबाट ४७ जना सांसदले हस्ताक्षर गर्नुपर्ने छ । मन्त्री आङ्बोले कति सांसदले हस्ताक्षर गरे भन्ने कुरा खुलाउन चाहेनन् ।
प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय रहेको छ । तत्कालीन नेकपा एमालेबाट संसदीय दलको नेता चयन हुँदा मुख्यमन्त्री राईले २६ मत प्राप्त गरेका थिए । आफ्नो समूहमा स्पष्ट खुलेका २० जना सांसद रहेपनि मुख्यमन्त्री राईले नेपाल गुटको नेतृत्व गरेका भीम आचार्यलाई २ मतले हराउँन नेपाल गुटकै सांसदहरूको साथ पाएका थिए ।
अहिले प्रदेश १ मा तत्कालिन एमालेतर्फका ५१ र माओवादी तर्फका १६ जना गरी संसदीय दलमा सांसदको संख्या ६७ छ । केन्द्रमा पार्टी फुटको औपचारिसक संघारमा पुगिसक्दा नेकपाको अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री राईसँग बढीमा २० जना सांसदको साथ रहने अनुमान गरिएको छ ।
प्रदेशमा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ । प्रदेशमा २१ सदस्य रहेको काँग्रेस र पाँच सदस्य रहेका साना तीन दल छन् ।