किराँत याक्खा छुम्मा विराटनगरको अध्यक्षमा जिमी, सचिवमा प्रेम देवान

खबर पूर्वाञ्चल, १४ जेष्ठ २०७९, शनिबार १९:२८
279
Shares
विराटनगर / किराँत याक्खा छुम्मा विराटनगर महानगरको अध्यक्षमा विनादेवी जिमी निर्विरोध निर्वाचित भएका छिन् । विराटनगरमा आज सम्पन्न भएको दोस्रो अधिवेशनबाट जिमी दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि पनि किराँत याक्खा छुम्माको नगर अध्यक्ष थिइन् ।

उपाध्यक्षमा बालकुमारी याक्खा र सचिवमा प्रेम देवान रहेका छन् । देवान संचारकर्मी पनि हुन् । उनी पनि सचिवमा दोहरिएका हुन् । समितिको सह–सचिवमा सतिश देवान, कोषाध्यक्ष शर्मिला देवान र सह–कोषाध्यक्षमा लिना जिमी रहेका छन् ।

समितिको अन्य सदस्यहरूमा शुशिला याक्खा, चन्द्र जिमी, रविन याक्खा, बिमल याक्खा, हुविन्द्र लुम्बा, करुणा याक्खा, चन्द्र तुम्वा, इन्द्रमाया याक्खा र नर्वदा याक्खा रहेका छन् । यसैगरि समितिको सल्लाहकारहरुमा भुपेन्द्र देवान, एलबी देवान, प्रदिप देवान, चन्दन देवान र मनोहर देवान रहेका छन् ।

किराँत याक्खा छुम्मा विराटनगरको अध्यक्ष जिमीले महानगरभित्र रहेका याक्खा सामुदायहरु संगठित भएर आफ्नो हकअधिकारको लागि एक जुट भएर अगाडी बढने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५