पूर्वाञ्चल खबर

कार्यक्रममा शुभम एण्ड द बेण्ड तथा पिण्टू सन्यालको समेत सांगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो भने कार्यक्रम अबधी भर दर्शकहरू संगीतमा रमाई रहेका थिए । उपस्थित दर्शकले यस्ता संगीतक कार्यक्रमले दैनिक कार्यबोझलाई कम गर्ने, उत्साहित बनाउने हुनाले यस्ता सांगीतिक कार्यक्रममा सहभागिता जनाएको बताए १ उक्त कार्यक्रममा अधिकांश दर्शक १८ वर्ष देखि ५० वर्ष उमेर समुहका रहेका थीए । कार्यक्रमको आकर्षणको रूपमा कार्यक्रम स्थलमा विभिन्न फूड स्टल समेत रहेका थीए ।
कार्यक्रमबाट खर्च कटाएर बाकी हुने सम्पूर्ण मुनाफा रकम विराटेश्वर वृद्धा आश्रममा च्यारेटी गर्ने उद्देश्यले आयोजन गरीएको सो कार्यक्रमको टिकट दर मात्र १ सय कायम गरी आयोजना गरीएको थियो ।
कलेजमा अध्ययनरत आयोजक विधार्थीहरुले यो कार्यक्रमलाई जीवनको अविस्मरणीय क्षणको रूपमा लिएको समुहको उदेश्य निर्माण देखि सो उदेश्य प्राप्तिका लागी गर्नु पर्ने सम्पूर्ण कार्य कसरी गर्ने, अप्रत्याशित समस्याहरू कसरी हल गर्ने, समुह बीच हुने द्वंद कसरी समाधान गर्ने जस्ता जीवनमा आउन सक्ने अनगिनती समस्या को बारेमा जानकारी पाएको र त्यस्ता समस्या समाधानका लागी अपनाउनु पर्ने रणनैतिक कौशलको बारेमा पनी अनुभव भएकोले आगामी दिन जीवन सहज हुने बिस्वास ब्यक्त गरे ।
नेपाल बिजनेस कलेजको प्रस्तुतिमा सम्पन्न उक्त सांगीतिक कार्यक्रम तेश्रो संस्करण हो, यस भन्दा अगाड़ी दुईटा सांगीतिक संस्करण सफलताका संपन्न भई सकेको छ । प्रत्येक वर्ष यस्तो कार्यक्रम हुने जानकारी कलेजकी निर्देशक पिंकी शर्माले दिइन् ।
निर्देशक शर्माका अनुसार बिबिए सातौ सेमेस्टरमा पढ़ाई हुने बिषय इभेंट मैनेजमेंटको प्रयोगात्मक अभ्यास अन्तर्गत सो सांगीतिक कार्यक्रम गरीएको तथा बिबिए सातौ सेमेस्टरमा अध्ययनरत विधार्थीहरूको इभेंट मैनेजमेंट सहित अन्य बिषयको समेत सो कार्यक्रमको प्रतिवेधन बनाई पेश गरे पछी सो को आधारमा आंतरिक मूल्यांकन ( परीक्षा ) समेत हुने जानकारी दिइन् ।