पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा सोहि स्थानका २० बर्षीय जमाल अंसारी र २२ बर्षीय प्रविणकुमार उराँव रहेका छन् । विशेष सुराकका आधारमा उनीहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
चेकजाँच गर्दा उनीहरुको साथमा डाइलेक्स डिसि १ सय ७ बोतल, स्पास्मो प्रोक्सीभोन प्लस ६ सय ९६ क्याप्सुल र नीत्रा भेट ३ हजार ट्याब्लेट फेला पारी बरामद गरिएको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।