AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७९, बिहीबार १७:४६
369
Shares
विराटनगर / विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू भएको छ ।

प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा आजदेखि ग्रेडिङ परीक्षा सुरु भएको हो ।

तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपटी तेस्रो डान ग्रेडिङ परीक्षा कार्यक्रम सुरू भएको आइटिएफ तेक्वान्दोको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का अध्यक्ष प्रविण कार्कीले जानकारी दिए ।

कार्यक्रममा प्रदेश १ भरीका ४१ जना तेक्वान्दो खेलाडीहरूको सहभागि रहेको छ । उनीहरूले परीक्षा कार्यक्रममा सहभागि भएपछि उत्तीर्ण हुने खेलाडीहरुलाई ग्रेड वृद्धी गरिने कार्कीले बताए ।

ग्रेडिङ परीक्षाको उद्घाटन गर्दै प्रदेश १ का खानेपानी, सिचाइ तथा उर्जामन्त्री तिलकुमार मयाङ्बोले खेलकुद क्षेत्रको विकासमा प्रदेश १ सरकार लागि पर्ने बताए । तीन तहको सरकार खेलकुद क्षेत्रको विकासमा अगाडी बढेर यस क्षेत्रको विकासमा लागि पर्ने उनले बताए । ‘आगामी आर्थिक वर्षदेखि संसद विकास कार्यक्रम कार्यन्वयनमा आउँदैछ,’ उनले भने, ‘संसद विकास कार्यक्रमको थोरै बजेट खुलकुद क्षेत्रमा छुट्याएर भए पनि यस क्षेत्रमा विकासमा ध्यानदिनुपर्नेछ ।’

कार्यक्रममा प्रदेश सांसद जयप्रकाश चौधरीले खेलकुदले अनुशासन कायम गर्ने भएकोले यस क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए ।

नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको अध्यक्ष तथा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष प्रविण कार्कीले खेलकुद क्षेत्र बुझेका व्यक्तिलाई प्रदेश १ सरकारले राख्नुपर्ने बताए । यस क्षेत्र बुझेका व्यक्तिलाई राज्यले नियुक्त गरेमात्र समग्र खेलकुद क्षेत्रको विकास हुने उनले बताए । आइटिएफ प्रदेश १ का अध्यक्ष समेत रहेका कार्कीले खेलकुद क्षेत्रको विकासमा स्थानीय तह, प्रदेश र संघीय सरकारले प्राथामिकता राखेर बजेट बिनायोजन गरेमात्र यस क्षेत्रको विकास हुने बताए । ‘त्यसैले खुलकुद क्षेत्रको विकासमा तीन तहको सरकारले ध्यान दिन जरुरी रहेको छ,’ उनले भने, ‘योजनाबद्ध तरिकाले खेलकुद क्षेत्रको विकासमा राज्यले लगानी गरे यसको प्रतिफल चाँडै देखिनेछ ।’

कार्यक्रममा प्रदेश १ का आइटिएफ तेक्वान्दो महासंघको केन्द्रीय सदस्य तथा प्रदेशका उपाध्यक्ष चतुरलाल चौधरीले पनि बालेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर