खबर पूर्वाञ्चल
एमाले विराटनगर महानगर कमिटीको आज विराटनगरमा आयोजित दुई दिने दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले गणतन्त्रलाई चुनौती दिने प्रतिगमनकारी विरुद्ध पार्टीले मुलुकभरी जनजागरण अभियान शुरु गरेको प्रष्ट पारे ।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका राईले मुलुकमा राजनीतिक स्थायित्व, विकास निर्माणलाई गतिदिन र सुशासन कायम गर्न नेपाली कांग्रेससँग मिलेर सरकार निर्माण गरेको बताए । एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कार्यकर्ताहरु एकढिक्का भएर मिशन –८४ लाई सफल बनाउनु पर्ने विचार राखे ।
एमाले मोरङ इन्चार्ज जीवन घिमिरे र मोरङ सभापति अजम्वर राईले पार्टीले तय गरेका राष्ट्रिय संकल्पलाई पुरा गर्न हामीसबैको भूमिका महत्वपूर्ण हुने बताए । महानगरका इन्चार्ज पर्शुराम बस्नेत र महानगरका सभापति रोहित कोइरालाले जनताको सपना पुरा गर्ने तर्फ पार्टीका नेता तथा कार्यर्ताहरु लाग्नुपर्ने बताए । महानगरका १९ वडाका ३१९ जना प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्ने छन् ।