RUMPUM
animated ellipse animated ellipse

चोरी, तस्करी रोक्न मोरङ प्रहरी सक्रिय, हप्तादिनमा २८ लाखको सामान बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० पुष २०७९, बुधबार १८:२३
189
Shares
विराटनगर / खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट हुने चोरी तस्करी रोकथाम र नियन्त्रण गर्दै अवैध सामान समात्न मोरङ प्रहरी सक्रिय रूपमा लागि परेको छ ।

प्रहरीले पछिल्लो एक साता भित्र अवैध रूपमा चोरी तस्करी भएर आएको झण्डै २८ लाख मुल्य बरावरको सामान नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीको अनुसार एक हप्तामा मोरङ प्रहरी र मातहत कार्यालयहरू समेत गरी जिल्लाका विभिन्न स्थानमा चोरी तस्करी भएर आएको २७ लाख ९२ हजार ६८३ मुल्य बरावरको सामान बरामद गरेको बताए । भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाद्यान्य, लत्ताकपडा, मोटरपार्टस, ग्याँस चुलोको बर्नरहरू लगायतका सामान बरामद गरेको उनले बताए । बरामद गरेको सामान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको उनले बताए ।

मोरङ प्रहरी र विराटनगर भन्सारले केही दिन अगाडी ५६ लाख मुल्य बरावरको तस्करीको सामान नियन्त्रणमा लिएको छ । विराटनगरको महावीर रोडमा अनिल साहको गोदाममा छापा हानेर अवैध रुपमा भन्सार छली गरेको दुई गाडी कपडा बरामद गरेको थियो ।

चोरी तस्करी रोकथाम र नियन्त्रण गर्न प्रहरी लागि परेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । अवैध रुपमा हुने चोरी, तस्करी रोक्न प्रहरी कडाइको साथ लागि परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर