खबर पूर्वाञ्चल
विराटनगरमा रहेका धर्मानुरागी भक्तहरुको समुहले जगतगुरुतम् श्री कृपालु जी महाराजका जेठा छोरा घनश्याम जी महाराजलाई पहिलो पल्ट विराटनगरमा ल्याएर भब्य पुरण आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
जेष्ठ २७ गतेबाट सुरुहुने प्रवचन असार ३ गतेसम्म संचालन हुनेछ। विराटनगर ९ मा रहेको सिटि पार्टी प्यालेसमा आयोजना हुने पुराणमा दैनिक २ हजार भन्दा भक्तहरुको सहभागिता रहने आयोजकको अनुमान रहेको छ। साथै प्रवचन सुन्न आउने भक्तहरुका लागि प्रसादी समेतको व्यवस्थापन गरिएको आयोजक समितिका संयोजक भिखम चन्द सरलले बताए।
जेष्ठ २७ गते बाट हुने प्रवचन साझ ४ बजे बाट ६:३० सम्म संचालन हुनेछ। उक्त प्रवचन कार्यक्रममा नेपाल तथा भारत बाट समेत उल्लेखनिय संख्यामा भक्तजनहरु आउने अनुमान गरिएको छ।