पूर्वाञ्चल खबर
निषेधाज्ञाकाबीच महानगगरपालिकाका वडाले ढल जडान गरेवापत जनताबाट सेवा शुल्कका रुपमा मनपरी राजस्व उठाउन थालेको हो । विराटनगर वडा नम्बर १० कार्यालयले ढल सेवाका रुपमा सर्वसाधारणबाट ३ हजारदेखि ३० हजार रुपैयासम्म राजश्व उठाएको छ ।
घरबाट निकालिने ढलको सेवा प्रयोग नगरेको अवस्थामा कार्यालयले शुल्क उठाएकोमा सर्वसाधारणले आपत्ती जनाएका छन् । हजको फोहर ब्यवस्थापनका लागि इनलेटलाई ढलमा नजोडिकन वडाले राजश्व उठाएको स्थानीय सागर सापकोटाले आक्रोश ब्यक्त गरे । २०७७/७८ को सम्पत्ती तथा भूमिकर तिर्न वडा पुगेका सापकोटालाई पूर्वाधार दस्तुर ५ सय र ढल उपयोग सेवा शुल्क ३ हजार रुपैया माग गरेपछि आपत्ती जनाएका थिए । उनले वडाध्यक्ष माधवराज वाग्लेलाई घरमै बोलाएर ढल जडान नगरिएको प्रस्टाएका थिए । ढल जडान नै नगरि आपूm खुशी वडाले रकम तिर्न बाध्य पारेको बताएका सापकोटाले लकडाउनका क्रममा स्थानीय सरकार कर असुल्न लागि परेको बताए ।
त्यसैगरि, उपभोक्ता अधिकारकर्मीका अध्यक्ष उत्तम ढुंगेलले परियोजनाको काम नसकिनै कर उठाउन उचित नहुने बताँउछन् । स्थानीय निकायले सर्वसाधारणमाझ सूचना जारी नगरि एकैपटक कर उठाउन लक्षित हुदाँ सर्वसाधारण अन्यौलमा परेको उनको भनाई छ ।
केहीदिन अघि डा. मदन कोइरालाको घरमा ढल जडान नै नगरिकन ३० हजार रुपैया लिएको छ । वडा नम्बर १० ले पूर्वाधार कर वापत ५ हजार र ढल सेवा लिएवापत ३० हजार रुपैया असुल गरेको हो । उनको घरसम्म न ढलको पाईप पुगेको छ न रिंगनै राखिएको छ । सुविधा नै प्रदान नगरि वडाले एकपक्षीय रुपमा रकम असुलेको उनको गुनासो छ । कोइरालाले आपत्ती जनाएपछि वडाले महानगरसमक्ष उनले लेखेको निवेदन पठाएको छ ।
वडा अध्यक्ष माधवराज वाग्लेले ढलको पाइप जडान गर्नका लागि सर्वसाधारणलाई जानकारी गराएको दाबी गर्छन् । सर्वसाधारणको घरमा पाइप पुगिसकेको र जडान गर्न पटक पटक प्रचार गरिएको उनको भनाई छ । जस्को घरमा ढलको चेम्बर जडान भएको छैन भने वडामा जानकारी गराउँनु पर्ने अध्यक्ष वाग्लेले बताए । डा. कोइरालाको हकमा भने डाक्टर सावको घरमै नसिंङ होम सञ्चालन गरेको कारण प्रति महिनाको २ हजार ५ सयको दरले ३० हजार लागेको अध्यक्ष वाग्लेको भनाइ छ । यदी कसैले पनि ढलको पाइप जडान नगरे घरको वाषिक कर जिर्ने बेलमा प्रति १ हजार स्क्वार फिटको घरमा १ सय जोडेर कर लिने गरेका अध्यक्ष वाग्लेले बताए ।
तर, अध्यक्ष वाग्लेको भनाईलाई वासिन्दाले नकार्छन् । स्थानीय कर तिर्न जादाँ एकैपटक ढल सेवा जोडिएको गुनासो गर्छन् ।
महानगरपालिकाले मातहतका वडालाई नगर सभाको छैटो निर्णय अनुसार साउन १४ गते ढल सेवा शुल्क संकलन गर्न पत्र जारी गरेको छ । तर, वडा नम्बर १० ले महानगरको सो पत्र अगावैबाट ढल सेवा शुल्क लिन सुरु गरेको छ ।