पूर्वाञ्चल खबर
स्कुलले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय राहत कोषमा २ लाख ५१ हजार रुपैयाँ प्रदान गरेको हो । उक्त रकम आज प्याब्सनको खातामा जम्मा गरिएको स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले जानकारी दिए ।
हाल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयहरूले संस्थाको राहत कोषमा रकम जम्मा गर्ने क्रम जारी छ । सदस्य विद्यालयहरूबाट संकलित उक्त रकममा प्याब्सन केन्द्रीय समितिले थप गरी एकमुष्ट रूपमा ुप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषु मा जम्मा गर्ने तयारी गरेको छ ।
भोटेकोशीको बाढीले ठूलो जनधनको क्षति पुर्याएकाले विपद्का बेला मानवीय ऐक्यबद्धता आवश्यक रहेको महसुस गरी सहयोग गरिएको प्रिन्सिपल भट्टराईले बताए । “विपद्का बेला सहानुभूति व्यक्त गरेर मात्र दायित्व पूरा हुँदैन,” उनले भने, “पीडितको उद्धार, राहत र पुनःस्थापनामा हातेमालो गर्नु नै वास्तविक मानवीय जिम्मेवारी हो ।”