AArya
RUMPUM
animated ellipse animated ellipse

चैत ११ गतेदेखि दोस्रो मिल्स गोल्डकप हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०७८, शनिबार १४:३७
459
Shares
विराटनगर / दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरि मिल्स गोल्डकपको दोस्रो संस्करणको फुटबल प्रतियोगिता चैत ११ देखि १८ गतेसम्म विराटनगर जुट मिलको खेलमैदानमा हुने बताएको हो ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा हुने प्रतियोगिताको तयारी तिव्र रूपमा अगाडी बढाएको छ । हप्तादिनसम्म संचालन हुने प्रतियोगितामा प्रदेश १ को ७ र मधेश प्रदेशको १ गरि ८ टिमको सहभागिता हुने आयोजकले जनाएको छ ।

गोधुली क्लब धरान, उर्लाबारी–११ मोरङ, गाइघाट–११ उदयपुर, साईनो स्पोर्टस क्बल विराटनगर, एन्फा एकेडेमी धरान, दमक एकेडेमी झापा, एपीएफ पकली र गोलबारज प्रतिभा फुटबल क्लब सिरहाको सहभागि रहेने संयोजक किशोर सुब्बाले जानकारी दिए । पहिलो दिन उदघाटन खेल चैत ११ गते गोधुली क्लब धरान सुनसरी र उर्लाबारी–११ मोरङ बिच प्रतिस्पर्धा हुने अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए ।

प्रतियोगिताको बिजेता र उपबिजेता हुने टिमलाई यसपटक पुरस्कार राशी आयोजकले बढाएको छ । बिजेताले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । उप बिजेताले नगद १ लाख १ हजार रुपैयाँ रहेको छ । यसअघि प्रथम संस्करणमा बिजेताले १ लाख ५० हजार र उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

पहिलो संस्करणको मिल्स गोल्ड कप फुटबल टुर्नामेन्ट प्रतियोगिताबाट आयोजकले ३७ हजार ४ सय ७२ रुपैयाँ मुनाफा गरेको कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए । प्रथम मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको थियो ।

यस पटक प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले २५ हजार, म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार रूपैयाँ रहेको छ । यस्तै नव उदयमान १ जना खेलाडीलाई २० हजार रहेको छ । प्रशिक्षक, गोल किपर, डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही ७ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख ३ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगिता भब्य र सभ्य तरिकाले संचालन गर्न किशोर सुब्बाको संयोजकत्वमा मूल आयोजक समिति बनाएको छ । उक्त समितिको सहसंयोजक ट्रष्टका सदस्य राजु श्रेष्ठ रहेका छन् । प्रतियोगिता सफल बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरेको छ ।

आगामी बर्षदेखि नेपालका ए श्रेणीको टीमको प्रतियोगितामा सहभागिता गर्ने प्रतिवद्धता ट्रष्टले जनाएको छ । यस क्षेत्रमा खेलकूद प्रतियोगितामा गर्न रङ्शालाको अभाव रहेकोले मिल्स एरियामा बन्द रहेको अशोक टेक्टायल वा जुट मिलको जग्गा उपलव्ध भएमा विभिन्न खेलकूदको एकेडेमी संचालन गरी खेलकुद केन्द्रको विकास गर्ने ट्रष्टका वरिष्ठ उपाध्यक्ष अमृत गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर