विराटनगर / इस्लाम धर्मावलम्बीहरुले आज एकमहिने ‘रोजा’ ब्रत समापन भएको अवसरमा ईद उल–फित्र मनाएका छन् ।
आपसी भातृत्व, सुख शान्ति र समृद्धिको कामना गर्दै इस्लाम धर्मावलम्बीले आज इद उल फित्र मनाएका हुन् । विराटनगरंसहित देशका विभिन्न स्थानका मस्जिदमा विहानैदेखि मुस्लिम धर्मालम्बीहरुको भीड लागेको थियो । विराटनगरमा ईद उल–फित्रको रौनक रहेको छ ।
हिजो साँझ चन्द्रमाको दर्शन गरेपछि आज इद मनाउने गरिन्छ । एक महिनासम्मको कठोर एक छाकको उपबास र श्रद्धा पूर्वक मनाईएको रमजान अर्थात रोजाको समाप्तिसंगै ईद उल फित्र मनाइन्छ । एक महिनासम्म रोजाब्रतमा उपबास बस्न सक्ने शक्ति प्राप्त भएको विश्वासमा यसदिन इस्लाम धर्मावलम्बीहरु बिशेष रुपमा अल्लाहलाई धन्यबाद दिदै श्रद्धा प्रकट गर्दछन ।
धर्मगुरु पैगम्बर मुहम्मदले सन् ६२४ ईस्वी सम्बतमा पहिलो पटक ईद उल फित्र मनाउनु भएको बिश्वास रहिआएको छ । यो पर्वले सामाजिक र पारिवारीक ढांचालाई अझ सदृढ बनाउन तथा आपसी बैमनस्यता मेटाउन पनि महत्वपूर्ण भुमिका खेल्दछ ।
घरायसी झै झगडालाई बिर्सिएर मेलमिलापको अवसरको रुपमा समेत यो पर्वलाई लिने गरिन्छ । इदको अवसरमा ठूला साना सबैले नयाँ लुगा लगाएर एक अर्कामा शुभकामना आदानप्रदान गर्ने चलन छ ।ईदमा गरिब र असाहायहरुलाई भिक्षा दान र सहयोग गर्ने पनि परम्परा छ । जस्लाई फितरा भन्ने गरिन्छ । यसो हुंदा आर्थिक असमानता कम हुने मान्यता रहिआएको धार्मिक विश्वास रहेको छ । तस्वीरहरु पुष्पराज थपलिया