animated ellipse animated ellipse

विराटनगरमा मनाइयो गाईजात्रा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ भाद्र २०८१, मंगलवार १९:०३
81
Shares
विराटनगर / झी: पुच विराटनगरले गाईजात्रा पर्व मनाएका छन् । विराटनगरमा आज सामुहिक गाईजात्रा निकालेको हो । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ ।

एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व विराटनगरमा मनाएको हो ।

झी: पुच विराटनगरको संयोजनामा झी: पुच परिसरबाट निकालेको गाईजात्रा विराटनगर १ राधाकृष्ण मन्दिरमा पुगेर सम्पन्न भएको थियो । दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।
यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

सहरमा गाई पाल्नेहरूले भने गाईलाई सिँगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।

नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर