विश्व विजेता अष्ट्रेलिया पहिलो खेलमै न्युजिल्याण्डसँग ८९ रनको फराकिला अन्तरले पराजित

खबर पूर्वाञ्चल, ५ कार्तिक २०७९, शनिबार १७:२०
90
Shares
विराटनगर / अष्ट्रेलियामा आजदेखि टी–२० विश्वकपमा सुरु भएको छ ।

आज सिड्नीमा भएको उद्घाटन खेलमा साविक उपविजेता न्युजिल्याण्डले साविक विजेता अष्ट्रेलियामाथि ८९ रनको सानदार जित निकालेको छ।

घरेलु टोलीमाथि ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्यान्डले प्रतियोगितामा विजयी सुरूआत गरेको हो।

यो जितसँगै गत विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित भएकाले न्युजिल्याण्डले समूह चरणको पहिलो खेलमै बदला लियो। दुबईमा भएको साविक फाइनलमा अष्ट्रलियाले न्युजिल्याण्डलाई आठ विकेटले पराजित गर्दै विश्वकपको पहिलो पटक उपाधि जितेको हो।

जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १७ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय ११ रनमा सिमित भयो । उसका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २८ रन बनाउँदा प्याट कमिन्सले २१ रन, मिचेल मार्सले १६ रन तथा आप्तान आरोन फिन्चले १३ रन बनाए।

न्युजिल्याण्डका टिम साउथीले ३ विकेट लिँदा मिचेल सान्टनारले पनि खर्चेर ३ विकेट लिए । त्यस्र्तै ट्रेन्ट बोल्टले २ विकेट , लोकी फर्गुसन र ईश सोधीले समान १–१ विकेट हात पारे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय रन बनाएको थियो। न्युजिल्याण्डका डेभन कन्वेले ९२ रनमा अभिजित रहे । उनले ५८ बलमा ७ चौका र २ छक्का प्रहार गरे त्यस्तै फिन एलेनले ४२ रन बनाउँदा कप्तान केन विलियम्सनले २३ रन जोडे तथा ग्लेन फिलिप्सले १२ रन बनाउँदा जेम्श निसम २६ रनमा अविजित रहे।

अष्ट्रेलियाका लागि जोश हेजलवुडले ३ विकेट तथा एडम जाम्पाले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५