AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ३३ कोरोना संक्रमित पुष्टि भएसँगै प्रदेश १ मा संक्रमितको संख्या ८ सय ८१

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ श्रावण २०७७, शुक्रबार १९:११
3
Shares
विराटनगर / प्रदेश १ मा आज थप ३३ जनामा कोरोना संक्रमित पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ८१ पुगेको छ ।

झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको काकडभिट्टामा १७ पुरुष, १ महिला, पुरुबा¥हदशी र झापा गाउँपालिकामा ३–३ पुरुष र विर्तामोडमा १ पुरुष, सुनसरीको रामधुनीमा ३ , इटहरीमा २ र धरानमा १ जना पुरुष, मोरङको विराटनगरमा १ पुरुष र धनकुटाको महालक्ष्मीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए ।

प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १२ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ३५ पुगेको छ । प्रदेश १ मा आज ५ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रदेश १ मा आज सम्म ३८ हजार ६ सय ७१ ज्नाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर