खबर पूर्वाञ्चल
मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
सम्झौतामा मन्त्रीले गर्नुपर्ने काम, समयसीमालगायत विषय समावेश गरिएको मुख्यमन्त्री शेरधज राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
अन्य मन्त्रीहरुले मुख्यमन्त्रीसँग सोमबार सम्झौता गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सम्झौतापछि मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने बताए । उनले सम्झौता बमोजिम काम अगाडि बढ्ने विश्वास व्यक्त गर्दै जेठ मसान्तभित्र कार्यक्रम कार्यान्वयन एवं बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन समेत दिए ।