खबर पूर्वाञ्चल
सुजुकी टु ह्वीलर्सको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स मार्फत अमाही मार्टले विराटनगर महानगरपालिका– ५ मुनाल पथमा आइतबारदेखि औपचारिक रुपमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।
अमाही मार्टको उद्घाटन मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य सांसद योगेन्द्र मण्डलले गरे । मार्टको उद्घाटन गर्दै सांसद मण्डलले अमाही मार्टले सुरु गरेको नयाँ व्यवसायले जनतालाई सहयोग पुग्ने बताए । नयाँ सामान बिक्री भन्दा पनि बिक्री पछिको सेवा राम्रो र प्रभावकारी बनाउन आग्रह गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै भिजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईले सेल्स र सर्भिसलाई कम्पनीले विशेष ध्यान दिने बताए । सवारी बिक्री गर्नेमात्र नभई त्यसपछिको सेवालाई कम्पनीले उच्च प्राथमिकतामा राखेको उनले बताए । अहिले देखिएको स्पेयर्स पाट्सको समस्या केही दिनभित्र समधान हुने उनको भनाई छ ।
सर्वसाधारणलाई सहज रुपमा मोटरसाइकल तथा स्कुटरका बिक्री वितरण गर्ने उद्देश्यसहित नयाँ बिक्री केन्द्र सञ्चालनमा आएको स्वरुमको बिक्री प्रमुख सरिता चौधरीले जानकारी दिइन् । नयाँ बिक्रीसँगै सुजुकीका ग्राहकका लागि स्पेयर्स पाट्स र सहज सर्भिसको सुविधा कम्पनीले दिने उनले बताइन् । बिक्री केन्द्रमा सर्भिसका लागि दक्ष प्राविधि जनशक्ती र आधुनिक उपकरण पनि राखिएको छ ।
अमाही मार्टमा सुजुकीले सञ्चालन गरिरहेको महा एक्सचेन्ज मेला अन्तरगत कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्दा आकर्षक छुट पाउने कम्पनीले जनाएको छ ।
मार्टको उद्घाटन कार्यक्रममा भिजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराई, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, भिजी अटोमोबाइल्सका बिक्री प्रमुख रामचन्द्र कडेल, जीवन विकास समाजको अध्यक्ष रिबोलदेवी मण्डललगायतको उपस्थिति थियो ।
आइतबार बिक्री केन्द्रको उद्घाटनका क्रममा रञ्जित बहरदार र राजेश शर्माले मोटसाइकल खरिद गरेका थिए । उनीलाई प्रमुख अतिथिसमेत रहेका सांसद मण्डलले चाबी हस्तान्तरण गरे । कार्यक्रमको सञ्चालन अमाही मार्टको तर्फबाट सुदीप मण्डलले गरेका थिए ।