AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ४ हजार ६ सय ८९ मुद्दा दर्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ चैत्र २०७७, बुधबार १९:२४
315
Shares
विराटनगर/ प्रदेश १ भरीमा चालु आर्थिक वर्षको आठ महिनामा ४ हजार ६ सय ८९ थान मुद्दा दर्ता भएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६÷०७७ को फागुन महिनासम्ममा यो संख्यामा मुद्दा दर्ता भएको हो ।

फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार भएका ५ सय ३९ जना फरार प्रतिवादी पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी विपिन कार्कीले जानकारी दिए । फरार प्रतिवादी पक्राउबाट ६ सय ४२ बर्ष कैद भुक्तान भई २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरेर १ हजार ६ सय ५१.६८१ ग्राम ब्राउनसुगर बरामद भएको छ । भारतदेखि तस्करी भई नेपाल आएको ब्राउन सुगर महंगो मुल्यमा विक्री वितरण हुने गरेको छ । यहाँ ल्यापु¥याउँदा प्रतिडोज ३ हजारदेखि ५ हजारमा बिक्री हुने गरेको सुरक्षा नियाको भनाई छ । ब्राउन सुगर झापाको काकडभिट्टा नाकादेखि सबैभन्दा बढी अवैध रूपमा भित्रिने गरेको छ ।

यस्तै प्रहरीले ११ हजार ३१ केजी गाँजा चालु आर्थिक वर्षको आठ महिनामा बरामद गरेको छ । भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १ सय ४२ जना पक्राउ परेका छन् । १३ करोड १८ लाख ६ हजार ८ सय ६ रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ ।

यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १ सय ४० मानिस पक्राउ परेका छन् भने ५ सय ९८ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गरि कारवाही गरिएको छ । सवारी साधन कारवाही गरि ४५ लाख ६६ हजार ७ सय २० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ४१ जना मानिस पक्राउ परेका छन् । २ हजार ३७ क्यू.फिट. काठ बरामद गरी ३० लाख ९५ हजार २ सय रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फे ८ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख ७९ हजार ३ सय ४९ वटा सवारी साधनलाई कारवाहीमा परेका छन् ।

कारवाहीमा परेको सवारी साधनबाट ११ करोड १७ लाख २६ हजार राजश्व संकलन भएको प्रहरीले जनाएको छ । प्रदेश भरीमा कुल २७ करोड १५ लाख ३७ हजार ४ सय ७० राजश्व संकलन भएको प्रदेश प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर