प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा असार २८ गते फैसला सुनाउँने

खबर पूर्वाञ्चल, २१ असार २०७८, सोमबार १७:४९

काठमाण्डौ / सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा असार २८ गते फैसला सुनाउँने भएको छ । ११ दिनदेखिको लगातारको बहसपछि आज प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दाको अर्काे पेशी असार २८ गतेका लागि तोकिएको जानकारी इजलासमा जानकारी दिए। जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ ९५० अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन् ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाई गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५