AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुनसरी र झापा इक्युवालिटि कप महिला क्रिकेटमा विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०७८, आईतवार १७:१८
198
Shares
पुष्पराज थपलिया
विराटनगर / सुनसरी र झापा विराटनगरमा जारी प्रथम “इक्युवालिटि कप महिला क्रिकेट २०२२” प्रतियोगितामा विजयी भएका छन् ।

नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा वैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा सुनसरी र झापा विजयी भएका हुन् ।

पहिलो खेलमा सुनसरीले मदेश प्रदेशको सप्तरीलाई १० विकेटले पराजित गरेको छ । पराजित भएसँगै सप्तरी प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा १४ दशमलव २ बल खेल्दै सवै विकेट गुमाई ४३ रनको झिनो स्कोर बनाएको थियो । सप्तरीकी नविता चौधरीले सर्वाधिक ७ रनको योगदान दिइन् । सप्तरीका ७ जना ब्याटरले खाता नखोलि पवेलियम फर्केका थिए । सुनसरीकी वुमेन अफ म्याच सपना साहले ३ विकेट लिँदा प्रिया मलाहाले पनि ३ विकेट लिइन् ।

४४ को झिनो लक्ष्य पछ्याएको सुनसरीले ३ दशमलव ३ बलमा विना विकेट क्षति सो विजयी लक्ष्या पार गरेको थियो ।

दोस्रो खेलमा नेपालका अन्तर्राष्ट्रिय खेलाडिले भरिएको झापाले मोरङलाई ९ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ४० रनको झिनो स्कोर बनाएको थियो । मोरङकी कप्तान अन्सु जैसवालले सर्वाधिक ६ रन बनाउँदा ६ जना ब्याटरले खाता नखोलि पवेलियम फर्केका थिए । झापाकी हिरणमाई राँयले ४ ओभरमा २ मेडन राख्दै ४ रन दिएर २ विकेट लिँदा ज्योती दनुवारले पनि ३ ओभरमा ५ रन दिएर २ विकेट दिएकी थिइन् ।

४१ को झिनो लक्ष्य पछ्याएको झापाले ४ दशमलव १ बलमा १ विकेट क्षति सो विजयी लक्ष्या पार गरेको थियो । झापाका काजल श्रेष्ठले अविजित १७ रन बनाउँदा नग्मा तामाङले १३ रन बनाइन् । भोरङ एक विकेट रन आउटमा पायो । सोमबारको पहिलो खेल झापा र सप्तरी दोस्रो खेल सुनसरी र मोरङविच हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर