AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन विराटनगरद्वारा स्थापना दिवसमा मानव सेवा आश्रममा भोजन अर्पण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०८२, बिहीबार १८:३५
3
Shares
​विराटनगर / ​निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विराटनगर महानगर कार्यसमितिले आफ्नो ३५औँ स्थापना दिवस मानवीय सेवाका कार्यहरू गरेर मनाएको छ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज विराटनगरस्थित मानव सेवा आश्रममा रहेका आश्रितहरूलाई भोजन अर्पण गरेको हो।

​प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संस्थाका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले प्याब्सनले शिक्षाको क्षेत्रमा मात्र नभई सामाजिक सेवामा पनि उत्तिकै सक्रियता देखाउँदै आएको बताए। हामीले स्थापना दिवसलाई फजुल खर्च र तामझाम गर्नुभन्दा असहायहरूको सेवा गरेर मनाउने संस्कारको विकास गरेका छौँ, श्रेष्ठले भने।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्याब्सन केन्द्रीय सदस्य शितला सुब्बा, मोरङ उपाध्यक्ष विष्णु डंगोल र वरिष्ठ सल्लाहकार ईन्द्रकुमार राईले यस्ता परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे। उनीहरूले प्याब्सनले शैक्षिक गुणस्तरसँगै मानवीय संवेदनालाई पनि प्राथमिकतामा राखेकोमा खुशी व्यक्त गरे।

​प्याब्सनको ३५औँ स्थापना दिवसको अवसरमा आज देशभरका विभिन्न तहका समितिहरूले विविध रचनात्मक तथा सेवामूलक कार्यक्रमहरू आयोजना गरी दिवस मनाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर