ताप्लेजुङ फुङ्लिन नगरपालिका – २ को वीरेन्द्र माध्यमिक विद्यालय र वडा नं. ३ मा रहेको बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको प्रदेश संगठन सचिव विष्णु प्रसाद पंगेनीले जानकारी दिए ।
वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ५५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको उनले जानकारी दिए । यस्तै बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययारत ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
११ हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सरकारबाट प्राप्त भएको शैक्षिक सामग्री वितरण गरिएको उनले जानकारी दिए । ताप्लेजुङका अन्य विद्यालयमा भोली शैक्षिक सामग्री वितरण गरिने उनले जानकारी दिए ।
वितरण गरिएका सामग्रीमा प्रतिविद्यार्थी ब्याग, पाँच वटा कापी, रेपिडेक्स पुस्तक, ज्यामिति बक्स, नेपाली बृहत शब्दकोश, टोपीलगायत छन् ।
तपाईको प्रतिक्रिया