AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दुई तिहाई बहुमतले ल्याएको नाम परिवर्तन हुँदैन : मन्त्री राजभण्डारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०८०, सोमबार ०७:२७
225
Shares
विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेश सभाको दुई तिहाई बहुमतबाट पारित भएको नाम परिवर्तन नहुने बताएका छन् ।

आईतबार लैङ्गिक हिंसा पिडीतको संरक्षणका लागि संचालित अल्पकालीन आश्रय स्थलका प्रमुखहरुबीच भएको दुईदिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै राजभण्डारीले नाम परिवर्तनको लागि कि त संविधान नै परिवर्तन गर्नुपर्ने, कि त अर्को पटक बहुमत ल्याएर मात्र परिवर्तन गर्न सकिने बताए ।

‘परिवर्तन नै गर्न नसकिने कुरालाई परिवर्तन गर्नु भनेर हिंसात्मक आन्दोलन गर्नु राम्रो होईन’, उनले भने, ‘सासंदको घर घेरेर, कालो झण्डा गाढेर नाम परिवर्तन हुने होईन । दुई तिहाई बहुमतले ल्याएको नाम सकैको अपनत्व हुनेगरी आएको छ ।’ हिंसात्मक आन्दोलन भन्दा शान्तिपूर्ण आन्दोलन गरेर केन्द्रका ठूला दलहरुलाई कंभिन्स गरेर संविधान परिवर्तन गर्न लगाउन उनले आग्रह गरे ।

आन्दोलनमा मृत्यु भएकाले सहिद घोषणा गरेर संघिय र प्रदेश सरकारले रकम पनि सहयोग गरिसकेको बताउँदै उनले मृत्यु हुनुको कारण सरकार पक्ष हो की आन्दोलन पक्ष हो त्यो त समयले बताउने उल्लेख गरे । जुन जुन नाम भनिएको छ त्यसमा सहमति नभएर नै कोशी नाममा सहमति भएकाले दुई तिहाई बहुमतले स्विकारेको कोशी नाम ठिक भएको मन्त्री राजभण्डारीले बताए ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा अल्पकालिन आश्रय स्थल सञ्चालनमा रहेका १४ जिल्लाका आश्रय स्थल प्रमुखहरु र त्यस जिल्लाका उपप्रमुखहरुको सहभागिता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर