विराटनगर / प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले योजनाबद्ध तरिकाले खेलकुद क्षेत्रको विकासमा प्रदेश १ सरकार लागि परेको बताएका छन् ।
आज विराटनगरमा १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । खेलकुद महत्पूर्ण क्षेत्र भएकोले यसको विकासमा सरकार लागि पर्ने बताए ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले निजी क्षेत्रसँग सहकाय गरी खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार लागि पर्ने बताए ।कार्यक्रममा प्याब्सनका केन्द्रीय प्रमुख सल्लाहकार तथा निर्वतमान अध्यक्ष टिकारम पुरीले विद्यालयस्तरदेखि खेलकुद क्षेत्रको विकास निजी क्षेत्र लागि परेको बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले तीन तहको सरकारले खेलकुद क्षेत्रको विकासमा लागिपर्नुपर्ने बताए ।
आजबाट विराटनगरस्थित सहिद मैदानमा प्याब्सन स्पोर्ट्स मिटको मुख्यमन्त्री कार्कीले उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो ।
माघ ६ देखि ८ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ । फुटबल जुट मिलको खेलमैदानमा अन्य खेलहरू विराटनगरस्थित सहिद मैदान, एभरेष्ट स्कुलको मैदानमा अहिले जारी छ ।
फुटबलमा मात्र १६ वटा विद्यालयले भाग लिएको छ । फुटबलमा कक्षा ११ र १२ का विद्यार्थी खेलाडीहरू सहभागि छन् ।
स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका २२० वटा प्याब्सनमा आवद्ध विद्यार्थीहरूले भाग लिनेछन् । स्कुल तहदेखि खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको अध्यक्ष सुब्बाले बताइन् ।
तपाईको प्रतिक्रिया