खबर पूर्वाञ्चल
असार ३२ गते लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी चौकी रेल्बे, अहरहाट र बरगाछीबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १ हजार ६२ क्याप्सुल, डिकोलिक ८ सय ४२ ट्याब्लेट र डिभोमिन २ सय २० चक्कीसहित धरान १० का २४ बर्षीय अंकित राई र धरान ६ का २१ बर्षीय भरत मगर, धरान १३ का २३ बर्षीय सागर राई, धरान ५ की २१ बर्षीया ज्योती राई, २६ बर्षीया नुमा लिम्बु र धरान ५ की २३ बर्षीया सुजना राईलाई पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको रंगेली नगरपालिका ६ स्थित इलाका प्रहरी कार्यालय रंगेलीले चेकजाँचको क्रममा दमक नगरपालिका ९ झापाका ३५ बर्षीय शिवकुमार सोरेन र कमल गाउँपालिका १ का ३३ बर्षीय आकाश खड्कालाई नाईट्राजाम १ सय ५५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसै गरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका ८ की २१ बर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुलसहित पक्राउ गरेको छ ।