खबर पूर्वाञ्चल
मोरगमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को राजधानी विराटनगरमा सवै भन्दा धेरै २ सय १४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ७४ महिला र १ सय ४० पुरुष छन् । त्यस्तै मोरङको सुन्दरहरैचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९–९,रंगेली र बुढीगंगामा ७–७, पथरीशनिश्चरे र लेटाङमा ५–५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३–३, धनपालथान र ग्रामथानमा १– १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीको धरानमा १ सय ३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहवीमा ३–३ , भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि झापाको दमकमा ३४, विर्तामोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बा¥हदशीमा ६, गौरीगञ्जमा ३, कनकाईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र मांसेबुङमा २–२, चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १–१, खोटाङमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४ सय १८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३ ुय ९७, कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढीबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ६ सय २५ पुगेको छ ।
तपाईको प्रतिक्रिया