खबर पूर्वाञ्चल
आजदेखि परिषद्ले कोशी प्रदेशसहित देशभर एकैसाथ शैक्षिक सर्वेक्षण सुरु गरेको हो ।
परिषद् कोशी प्रदेशले आज पहिलो दिन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट विराटनगरका विद्यार्थी तथा प्राध्यापकलाई सर्वेक्षण फारम भराएको परिषद्का राष्ट्रिय सचिव विवश कटुवालले जानकारी दिए ।
शिक्षा क्षेत्रको समग्र सुधार गर्ने उद्देश्यका साथ सुरु गरिएको सर्वेक्षणमा १४ वटा प्रश्न समावेश गरिएको उनले बताए ।
प्रश्नावलीमा उच्च शिक्षामा विद्यार्थी घट्दै जानु, शिक्षाको गुणस्तर, राजनीतिक हस्तक्षेपलगायतका विषय समावेश गरिएको परिषद्ले जनाएको छ । सर्वेक्षण अभियान पौष १५ गतेसम्म संचालन हुने कटुवालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया