AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अन्तर विद्यालय कराँते प्रतियोगिताको उपाधि जेसीबाल सदनलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ जेष्ठ २०७९, शनिबार १९:१३
333
Shares
विराटनगर / पहिलो मिल्स अन्तर विद्यालय सितेरियो कराँते प्रतियोगिताको उपाधि विराटनगरस्थित जेसी बाल सदन स्कुलले जितेको छ ।

रानी युवा क्लब विराटनगर १६ को आयोजना र मिल्स डोजो रानीको संयोजनमा आज विराटनगरमा भएको प्रतियोगितामा जेसी बाल सदन स्कुल प्रथम भएको हो ।

प्रतियोगिताको द्धितीय विराटनगरस्थित गोदावरी बोर्डिङ स्कुल र तृतीय विराटनगरकै गौतम बुद्ध मेमोरियल स्कुल घोषित भएको छ । प्रतियोगितामा विराटनगरका एक दर्जन बढी निजी विद्यालयहरूबाट ६० भन्दा बढी कराँतेका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको कार्यक्रम संयोजक रिना श्रेष्ठले जानकारी दिइन् । प्रतियोगितामा २० केजी समूहदेखि ६० केजी भन्दा बढी तौल समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो । ४० केजी समूहको प्रथम केशव साह, द्धितीय मिहाङ्ग देवान र तृतीय तेजस देव भएका थिए । यसैगरि अन्य विभिन्न तौल समूहमा प्रथम द्धितिय भएका थिए ।

प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरूले आकर्षक ट्रफि तथा मेडल प्राप्त गरे । बिजेता हुनेहरूलाई प्याब्सन मोरङको अध्यक्ष सीतला सुब्बा, नगर प्याब्सन विराटनगरको उपाध्यक्ष अर्जुन श्रेष्ठ, विराटनगर १६ का वडाअध्यक्ष उद्धब भुजेल, रानी युवा क्लब विराटनगरका अध्यक्ष संजिव सुब्बालगायतले ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्याब्सन मोरङकी अध्यक्ष सुब्बाले विद्यालय स्तरदेखि खेलकुद क्षेत्रको विकास गरेर लैजानुपर्नेमा जोड दिइन् । यस्ता खेलकुद प्रतियोगिताहरुले राष्ट्रिय खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने बताइन् ।

सोही अवसरमा पूर्व कराँते प्रशिक्षक महेश श्रेष्ठलाई सम्मान गरियो । श्रेष्ठले कराँते खेलक्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मोरङका अध्यक्ष सुब्बाले कदर पत्र र दोसल्ला ओढाएर श्रेष्ठलाई सम्मान गरिन् । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृति नृत्य पनि प्रस्तुत गरि मनोरञ्जन प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर