AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गणित बिषयको अन्तर्राष्ट्रिय सम्मेलन इटहरीमा हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ जेष्ठ २०८०, मंगलवार ०७:२२
5.09k
Shares
विराटनगर / गणित बिषयको एक दिने अन्तर्राष्ट्रिय सम्मेलन इटहरी हुने भएको छ।

गणित शिक्षा परिषद् केन्द्रीय समिति, त्रिभुवन विश्वविद्यालय गणित बिभाग र Math Kind USA को संयुक्त आयोजनामा जेष्ठ २७ गते कोशी प्रदेशको सुन्दर नगरी इटहरीमा हुने भएको हो । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गणित बिषयका विज्ञहरुद्वारा एक दिने कार्यशाला सम्पन्न हुन गइरहेको छ।

कोशी प्रदेशका गणित बिषयका शिक्षकलार्इ नविनतम विधि र पद्धतिको बारेमा तालिम प्रदान गरिने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको ब्यबस्थापन संयोजक तथा गणित शिक्षा परिषद् कोशी प्रदेशका सल्लाहकार दण्डपाणी गौतमले जानकारी दिए। अमेरिकादेखि आउने गणितिज्ञहरुले २ दिनसम्म इटहरी आसपासका केही विद्यालयहरुमा कक्षामै गएर शिक्षण गर्ने जानकारी गौतमले दिएका छन्।

कोशी प्रदेशका सस्थागत एबं सामुदायिक विद्यालयका आधारभुत तह तथा माध्यमिक तह अध्यापन गराउने करिब ३ सय शिक्षकहरुको उपस्थिति रहने उक्त कार्यक्रम कोशी प्रदेशसकै पहिलो कार्यक्रम भएको प्रदेश समिति सदस्य जनक ढकालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर