लागूऔषध ब्राउन सुगर कारोबारमा सम्लग्न ४ जना पक्राउ

खबर पूर्वाञ्चल, १५ असार २०७८, मंगलवार १६:१७

झापा / झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।

दमक–६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनीहरुले खरिद गरि ल्याएको स्थान खुल्न आएसगै ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सयसहित पक्राउ गरि विक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनीहरुको घरमा गई खानतलासी गर्दा विक्रम कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।

पक्राउ परेका चारैजना उपर ईलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५