रोमाञ्चक खेलमा डेनमार्कलाई पराजित गर्दै इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा

खबर पूर्वाञ्चल, २४ असार २०७८, बिहीबार ०८:४१

विराटनगर / डेनमार्कलाई पराजित गर्दै इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा पहिलो पटक प्रवेश गरेको छ ।

आज विहान सम्पन्न भएको अनितम सेमिफाइनल खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको उपाधि नजिक पुगेको हो ।

ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन १९६६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो ।
इंग्ल्याण्डले अब उपाधिका लागि इटलीसँग सोमबार विहान फाइनल खेल्नेछ ।

घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्याण्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले निणर्यक गोल गरे भने इंग्ल्याण्डले एक गोल आत्मघाती उपहार पाएको थियो ।

कप्तान ह्यारी केनले १०४औं मिनेटमा विजयी गोल गरे ।

त्यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो ।

रोमाञ्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३० औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । पहिले गोल गरेपछि डेनमार्कले अग्रतालाई कायम राख्न सकेन । ३९औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोल मद्दतमा खेल बराबरी गर्यो । इंग्ल्याण्डका बुकाय साकोको क्रस क्लियर गर्ने क्रममा डेनमार्कका कप्तान सिमोन केयरले आफ्नै पोष्टमा गोल गरे ।

९० मिनेटको खेल बराबरी भएपछि अतिरिक्त समयमा केनले विजयी गोल गरे ।

१०४ औं मिनेटमा इंल्याण्डले पेनाल्टी पाएको थियो । केनको पेनाल्टी प्रहार डेनिस गोलकिपर क्यासपर स्माइकल्से बचाएका थिए तर रिबाउण्डमा केनले गोल गरे । रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फउल गरेपछि इंग्ल्याण्डले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५