AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेष्ट कलेजका नौ जनाले निकाले आईओईको परीक्षामा छात्रवृत्ति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ भाद्र २०८२, शुक्रबार १७:०४
927
Shares
विराटनगर / विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डेरी स्कुलका अधिकांश विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति सहित नाम निकाल्न सफल भएका छन् ।

एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओईको परीक्षामा सहभागिता जनाएका थिए । ति मध्ये ९ जनाले छात्रवृत्तिमा नाम निकाल्न सफल भएको एभरेष्टका भाइस प्रिन्सिपल टी एन भण्डारीले बताए। उनका अनुसार एक जना विद्यार्थीले पूर्ण छात्रवृत्ति र ८ जनाले आंशिक छात्रवृत्तिमा नाम निकालेका हुन् । जुन परिक्षा दिएका ७५ प्रतिशत विद्यार्थीले आईओईको परीक्षा पास गरेर इन्जिनियरिङ अध्ययनको लागि ढोका खोलेका छन् ।

एभरेष्टका झलकमान तामाङले पूर्ण छात्रवृत्तिमा नाम निकाल्दा आर्जन पोखरेल, रियाना आचार्य, संयोग अधिकारी, श्रयमिका श्रेष्ठ, खिलराज ढकाल, मुरारी खतिवडा, ओम शर्मा र रौनक हकले आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्।

एभरेष्टका अधिकांश विद्यार्थीले नाम निकाल्नु स्वभाविक रहेको भन्दै प्रिन्सिपल टिकाराम पुरीले हामीले दिएको शैक्षिक वातावरणको परिणाम रहेको बताए। उनले भने, ‘यस्तै नतिजा हरेक क्षेत्रमा आउनुपर्छ ।’

एभरेष्टले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विभिन्न क्षेत्रको अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भौतिक रुपमा नै तयारी कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर