AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भानु कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ श्रावण २०८०, बिहीबार १७:५४
666
Shares
विराटनगर / विराटनगर – ९ मा रहेको भानु कलेजले आज विराटनगरमा एक भव्य कार्यक्रमको आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गराएको छ ।

विज्ञान तथा व्यवस्थापन संकायमा गरी जम्मा ३ सय ५० नयाँ भर्ना भएका विद्यार्थीहरु अभिमुखीकरण कार्यक्रममा सहभागी भएको कलेजका प्रिन्सिपल मोहनकुमार श्रेष्ठले जानकारी दिए । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको नियम तथा अध्यापनको तौर–तरिकाकावारेमा डा. नरेन्द्रकुमार चौधरीले जानकारी गराएका थिए ।

कार्यक्रममा कलेजका निर्दिशकहरु प्रा.डा. दामोदर थापा क्षेत्री, प्रा.डा. देवेन्द्र अधिकारी, प्रा.डा. नागेन्द्रप्रसाद साह, प्रा.डा. राजु राम थापा, अतिरिक्त क्रियाकलाप को–अर्डिनेटर देवेश प्रधान, डा. तुलसी निरौला र सविता गौतमले बोलेका थिए । कलेजका निर्देशक नविन गौतमले विद्यार्थीहरुलाई स्वागत गर्दै उज्जवल भविष्य निर्माणको अपेक्षाका साथ भानु कलेज छान्नु भएकोमा हार्दिक धन्यवाद दिएका थिए ।

कलेजका को–अर्डिनेटर रमेश पाण्डेले सञ्चालन गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्यहरुबाट स्वागत गरेका थिए । साथै कक्षा १२ का रोशना पौडेल र निराजन चौधरीले आफ्नो एक वर्षको अनुभव सुनाउँदै कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका थिए । नव–आगन्तुक विद्यार्थीहरुकातर्पmबाट एन्जल श्रेष्ठ र आर्यन झाले मन्तव्य राखेका थिए ।

कलेजमा निशुल्क कोचिङ्ग, निशुल्क अंग्रेजी ल्याङ्गवेज कक्षा लगायत उद्यमशिलताको विकासको लागि फन फेस्टा जस्ता कार्यक्रम समेत गर्दै आएको छ । त्यस्तै, इन्जिनीयर, डाक्टर, वैंकर, सि.ए. तथा वैज्ञानिकहरु उत्पादन गर्दै विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा कलेज अगाडी बढिरहेको छ ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर